दफा १३
अभिकर्ताको दायित्व
अभिकर्ताले विनिमेय अधिकारपत्रमा आफूले अभिकर्ताको हैसियतले दस्तखत गरेको कुरा  खुलाएको छैन वा व्यक्तिगतरूपले आफू उत्तरदायी नुहने व्यहोरा उल्लेख नगरी दस्तखत गरेको छ भने त्यस्तो विनिमेय अधिकारपत्रको लागि व्यक्तिगत रूपले अभिकर्ता पनि उत्तरदायी हुनेछ ।